latest
कुलमान, बालेन रास्वापामा जाने च्याप्टर क्लोज, भोलि कुलमानको पार्टी दर्ता हुदै  ||    ‘हाम्रो पार्टी नेपाल’ नामक दल दर्ता गर्दै यी अभियन्ता, चुनाव चिह्न गोलो घेराभित्र ‘लाइक (👍)’ चिह्न  ||    अलपत्र परेका यी नेताले रास्वपाको नेतृत्व लिने इच्छा गरेको खुलाशा  ||    घनश्याम, किसान श्रेष्ठ, रामकुमारीसहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||   
बिहिबार , कार्तिक २०, २०८२

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा अदालतबाट पत्रकार पाठकविरुद्ध सुटुक्क उजुरी लिएर पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं साइइबर ब्यूरोले जिल्ला अदालतबाट काठमाडौंबाट पत्रकार पाठकलाई पक्राउ गर्न अनुमति पाएको ब्यूरोका एक अधिकृतले बताए । ती अधिकृतका अनुसार पक्राउ गरेपछि मात्रै अदालतबाट पुर्जी लिइएको विषयमा जानकारी दिने निर्देशन दिइएको छ ।

वरिष्ठ पत्रकार पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिइएको ती अधिकृतको भनाई छ । पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको र जयवीरकै योजनाअनुसार अदालतबाट पक्राउ पुर्जी लिइएको बताइएको छ ।

पिता देउवा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति र आमा डाक्टर आरजु राणा देउवा परराष्ट्र मन्त्री रहेको कारण पुत्र जयवीरले यस्तो जुक्ति निकाल्नु भएको हो । उजुरीकर्ता उहाँ (जयवीर) नै हुनुहुन्छ ।

‘उहाँले नै पक्राउ गरेरै छाडनुपर्छ भनेर प्रहरीमा दवाव दिनुभयो । थेग्न नसकेपछि अदालतबाट पुर्जी लिइएको हो,’ ती अधिकृतले भने । प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।

काठमाडौंस्थित नक्सालमा रहेको हिल्टन होटल जयवीर देउवाले खरिद गरेको भन्ने खबरका आधारमा साइबर ब्यूरोमा देउवाले उजुरी दिनुभएको थियो । पाठक आवद्ध सञ्चार माध्यममा जयवीरले होटलको सेयर किनेको दाबीसहित खबर प्रशारण भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय