
चर्चित गायिका रचना रिमाल काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्।
सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछी सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ।
सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी रहेको थियो। उनलाई के भएको हो भन्ने अहिले सम्म खुलेको छैन ।