latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

‘जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्दार (रेस्क्यु) गरेको छ ।

नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो । छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले मंगलबार बिहान उद्धार गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए । परिवारले नै काठमाडौंस्थित चिनियाँ दूतावासमा खबर गरेर उद्धार गरिदिन भनेका थिए ।

त्यसपछि दूतावासले पर्यटक प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ।

प्रहरी घटनास्थल पुग्दा उनलाई गोक्योको ‘थाङ्का इन होटल’का सञ्चालकले सम्झाउँदै राखेका थिए । तर उद्धार गर्न गएको प्रहरीले भन्दा पनि उनी आउन मानेनन् ।

गोक्यो तालमा भोलि जन्मदिनको अवसरमा आत्महत्या गर्ने आफ्नो योजना रहेको उनले प्रहरीलाई बताएका थिए । प्रहरी स्रोतका अनुसार करिब आधा घण्टासम्म सम्झाएपछि बल्ल हुवाङ काठमाडौं आउन तयार भएका थिए ।

हेलिकप्टरमार्फत अहिले उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । पर्यटक प्रहरी भृकुटीमण्डपमा रहेका उनलाई अब दूतावासको जिम्मा लगाउने तयारी भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय