latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको खुलेको छ । सुनसरीको इटहरीका सुब्बाले एक महिलालाई लिङ्ग पहिचान गर्न ‘लिङ्ग चेक गर्ने’ भनेपछि मुद्दा परेको हो ।

लिङ्ग चेक गर्न खोज्नेमा नेता सुब्बालगायत तीन जना रहेका ती महिलाले जिल्ला अदालत मोरङमा दर्ता गराएको ‘गैरकानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा’ मा उल्लेख छ ।

अन्य दुई जना इटहरी उपमहानगरपालिका–९ बस्ने गोपाल शाह र सुनिता घिमिरे रहेका छन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप ती महिलाको छ ।

श्रीमानसहित परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान् र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र ससुरा गोपालसाहमेत माइतीमै आएर दुर्व्यवहार गरेको पीडितको भनाइ छ ।

परिवारको यातनाको कारण सम्बन्धविच्छेद र अशं मुद्दा दायर गरेकी महिला माइतीमै बस्दै आएकी थिइन् । उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ ।

सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ । माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको’ भन्दै अपमान गरेपछि विवाद भएको जाहेरीमा उल्लेख छ ।

‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौँ । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरेँ । मेरो परिवारले पनि उक्त कुराको इन्कारी गर्नुभयो । तर, प्रतिवादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौँ भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दबाब सिर्सना गर्दै जान थाल्नुभयो ।’

सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्ग छुट्याउन भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ । उनीहरूको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको उनले दिएको मुद्दामा उल्लेख छ ।

त्यसपछि ‘हिँजडा’ हैन रहेछ भन्दै प्रतिवादीहरू फर्किएका थिए । व्यक्तिगत गोपनीयताको हनन् गर्दै आफूमाथि गालीबेइज्जती र अपमान गरेको र आफूले कानुनी रूपमा अंश पाउने हक अधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको भन्दै उनले कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय