latest
भूसाल र झाँक्री सहित ६ नेताबारे नयाँ खुलाशा  ||    सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||   
बिहिबार , कार्तिक २०, २०८२

झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजार एरियाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) घर भई हाल झापा जिल्ला कन्काई न.पा. वडा नं. ८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन्।

गत आइतबार साँझ करिब ७:३० बजे नेपाल बैंक अगाडिको सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रु. १,००० दरका रु. १,००,००० (एक लाख) बराबरका नक्कली नोट फेला परेका थिए। प्रहरीले भारतीलाई पक्राउ गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई गरी चलनमा ल्याएको खुलेको छ। सोही सूचनाका आधारमा बिहीबार दिउँसो करिब ४:३० बजे प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले भारती बस्ने डेराकोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्रीहरू फेला पारेको छ।

कोठाबाट विभिन्न दरका रु. ५,३०,६८० (पाँच लाख तीस हजार पाँच सय असी) बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन १ थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायतका प्रमाणहरू बरामद गरिएको छ।

बरामद सामानहरू:

रु. १,००० दरका नक्कली नोट: ४७० थान (कुल रु. ४,७०,०००), रु. ५०० दरका नक्कली नोट: २८२ थान (कुल रु. १,४१,०००), रु. १०० दरका नक्कली नोट: १९० थान (कुल रु. १९,०००), रु. ५० दरका नक्कली नोट: १२ थान (कुल रु. ६००), रु. २० दरका नक्कली नोट: ४ थान (कुल रु. ८०), प्रिन्टीङ मेसिन: १ थान, मोबाइल: ३ थान, कैँची: १ थान, नोट बनाउन प्रयोग भएको कागज कपी: २ थान, नोट बनाउन प्रयोग गरेको विभिन्न प्रकारको रङको खाली बट्टा: ४ थान।

पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय