शनिबार , फागुण ३०, २०८२

नेकपा एमालेबाट निर्बाचित भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई पनि पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ।

सो जग्गा गैरकानुनी रुपमा खरिदबिक्रिमा संलग्न रहेको भन्दै आयोगले थापाविरुद्ध पनि मुद्दा चलाएको हो । मुद्दा चलेसँगै उनी स्वतः पदबाट निलम्बनमा पर्ने भएका छन् । थापाले पतञ्जली योगपिठसँग उनले जग्गा खरिद गरेका थिए। हदबन्दीभन्दा धेरै जग्गा खदिरबिक्रि गर्न नपाइनेमा उनले खरिद गरेको आधारमा प्रतिवादी बनेका हुन्।



यसमा सो समूहसँग उनको साँठगाँठ रहेको आयोगको निष्कर्ष छ । सरकारको नाममा आउनुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा जग्गा हाल मेयर थापाको नाममा छ । अख्तियारले बिहीबार यस भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा परेसँगै थापकाे मेयर पद पनि निलम्बनमा परेकाे छ । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका कर्मचारी, पदाधिकारी मुद्दाको किनारा नलागेसम्म स्वत: निलम्बन हुने व्यवस्था छ ।

सूर्यविनायक नगरपालिका नेकपा एमालेका नेता महेश बस्नेतको घर समेत भएको नगरपालिकाका हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय