latest
सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||    वर्षाको शरीरमा पहिल्यै भएको धर्सालाई युट्यूवरले कुटपिटको डाम भन्दैबाट भ्रम फैलाइएपछी…  ||   
बिहिबार , कार्तिक २०, २०८२

माधब कुमार नेपाल मुछिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन् ।

उक्त अनियमितता प्रकरणमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत हुन् । उनको २०८७ सालमै मृत्यु भइसकेको छ । मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराइएको थियो। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ ।

अख्तियारले ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय