latest
सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||    वर्षाको शरीरमा पहिल्यै भएको धर्सालाई युट्यूवरले कुटपिटको डाम भन्दैबाट भ्रम फैलाइएपछी…  ||   
बिहिबार , कार्तिक २०, २०८२

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कामाथि थप कारबाही गर्न कोर्टमार्सल (सैनिक अदालत) गठन भएको छ।

कोर्ट अफ इन्क्वेरी (प्रारम्भिक अनुसन्धान) का क्रममा सहायक रथी खड्काले कल्याणकारी कोषमा रहँदा अनियमिततामा संलग्न भएकाे पुष्टि भएपछि उनलाई सजाय गर्न कोर्टमार्सल सुरु भएको हो।

यो सैनिक अदालतको इजलास हो। प्रधान सेनापतिले गठन गर्ने यस्तो इजलासले नै बहालवाला सैनिकको हकमा फैसला गर्छ।

सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर फैसलाको प्रक्रिया सुरु भएको हो।

यही हिनामिनामा संलग्न रहेका तर अवकाश भइसकेका अन्य २ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। ती मध्ये जमदार आत्माराम थापा पुर्पक्षका लागि थुनामा छन्।

वैशाख २८ गते जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतमै मुद्दा दायर भइसकेका पूर्व सेनानी लक्ष्मण अधिकारी भने विदेश फरार छन्। हाल अमेरिकामा रहेका उनलाई इन्टरपोलको सहयोगमा नेपाल फिर्ता ल्याउने प्रक्रिया अगाडी बढेको छ।

उनीहरु चार जनाले सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत रहँदा आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम हिनामिना गरेको आरोप छ।

उक्त शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नु पर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्य गरेको प्रारम्भिक छानविनको निस्कर्ष छ।

यसरी २ करोड २१ लाख ५ हजार ५१५ रुपैयाँ ४ पैसा हिनामिना गरेको दाबी सेनाको छ। २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको आरोप छ।

पुर्पक्षका लागि थुनामा गइसकेका अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशन बमोजिम नै गरेको बयान दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय