latest
सोमबार देखि फेरी एमाले बन्दै  ||    रवि र छविको मुद्दामा उच्चले दियो यस्तो आदेश  ||    बालेनले लेखेको स्टाटसलाई लिएर साईबर ब्युरो पुग्यो युवा संघ, राहदानी रोक्का राख्न र पक्राउ गर्न माग  ||    जनार्दन शर्मा, सुदन किराँती, सुमना श्रेष्ठ, डीपी अर्यालकेको तयारी गर्दैछन ?  ||    युवा खेलकुद मन्त्रीको एक्सन: कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी  ||    अष्ट्रेलियाबाट आयो सामाजिक संजाल चलाउनेहरुका लागि यस्तो खबर-  ||    कांग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीको ठेक्का तोड्ने तयारी  ||    वर्षाको शरीरमा पहिल्यै भएको धर्सालाई युट्यूवरले कुटपिटको डाम भन्दैबाट भ्रम फैलाइएपछी…  ||   
बिहिबार , कार्तिक २०, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दा दर्ता गरिएका पूर्वप्रधानमन्त्री माधव नेपालबारे एमालेका नेता महेश बस्नेतले कटाक्ष गरेका छन्।

पूर्वमन्त्री समेत रहेका बस्नेतले नेपाललको ‘आफूलाई नैतिकताको ठेकेदार ठान्ने माकुनेको सन्त प्रवृत्तिको पर्दाफास भएको’ बताएका छन्। उनले आफ्नो सामाजिक संजालमा माधब नेपालबारेमा लेख्दा अख्तियारको तारिफ गरेर बस्नेतले भनेका छन्, ‘पछिल्ला दिनमा अख्तियारले गरेको साहसिक कार्यको सम्मान गर्नैपर्छ।’

जबकि पतञ्जलिलाई बारामा ५ सय बिघा जग्गा दिने आश्वासन उनै बस्नेतले दिएका थिए।

०७१ सालमा उद्योगमन्त्री भएकै बेला बस्नेत पतञ्जलि योगपीठका स्वामी रामदेवलाई भेट्न भारतको हरिद्वार गएका थिए। मन्त्री बस्नेतले ‘निजी भ्रमण’का रुपमा हरिद्वार पुगेर बाबा रामदेवका साथै आचार्य बालकृष्णसँग भेट गरेका थिए।

त्यस भेटमा उनले नेपालमा पतञ्जलि ग्राम स्थापना गर्न आग्रह गर्दै रामदेवलाई जग्गा उपलब्ध गराउने आश्वासन दिएका थिए।

‘बारास्थित विशेष आर्थिक क्षेत्र सेजको नाममा करिब साढे आठ सय बिघा जग्गा छ, त्यसमध्ये ५/६ सय बिघामा पतञ्जलिका सबै उत्पादन गर्न आग्रह गरें’, तत्कालीन उद्योगमन्त्री बस्नेतले हरिद्वारबाट फर्केपछि मिडियालाई प्रतिक्रिया दिएका थिए।

उक्त भेटका बेला पतञ्जलि योगपीठका तर्फबाट आचार्य बालकृष्णले बारा जिल्लाको सेजमा पतञ्लजिको उद्योग स्थापना गर्ने इच्छा देखाएको बस्नेतले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय