latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) समर्थित कानून व्यवसायीहरूले काँग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलमलाई सफाइ दिने न्यायाधीश एवं कानुनमन्त्रीको कल डिटेल रेकर्ड (सीटीआर) हेरेर अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

समाजवादी पेशागत कानुन व्यवसायी संगठनको पर्सा जिल्ला समितिले एक विज्ञप्ति जारी गरी फैसलाको दुई दिनअघि र दुई दिनपछिको कल डिटेल रेकर्डमाथि छानबिन गर्न माग गरेका हुन् ।

बम विस्फोट गरी व्यक्ति हत्याको आरोप खेपेका काँग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

‘फैसलालाई लिई यत्रतत्र सर्वत्र चौतर्फी विरोध भइरहकाले न्यायपालिकाको मान मर्यादा अक्षुण्णता, विश्वास कायम राख्नका लागि न्यायपरिषदमा उजुरी समेत परिसकेको’ संगठनको पर्सा जिल्ला सचिव हरिशंकरप्रसाद चौहानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त मुद्दामा आबद्ध न्यायाधीशहरू, कानुन व्यवसायी तथा कानुनमन्त्री समेतको मोबाइल कल डिटेलको माग गरी निष्पक्ष तथा पारदर्शी रूपमा छानबिन गरियोस् ।’

उच्च अदालत बार एसोसिएसन वीरगञ्जले एकल रूपमा फैसलाको आलोचना रोक्न विज्ञप्ति जारी गरेको भन्दै संगठनले फैसलामाथि प्रश्न उठ्नुलाई न्यायालयको अपमान ठान्न नहुने भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘फैसलामा प्रश्नहरू उठ्नु आफैँमा न्यायिक प्रणालीलाई बलियो बनाउने प्रक्रिया हुन्, कमजोर बनाउने होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय