latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेको पाण्डेले बताए ।

निलम्बनपछि कुराकानीमा उनले भने, ‘यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ।’ निलम्बनको जानकारी पत्र मंगलबार दिउँसोमात्रै पाएको उल्लेख गर्दै उनले पत्रबाट आफू स्तब्ध भएको बताए ।

व्यक्तिगत रूपमा आफूले कुनै गल्ती नगरेको विश्वास दाबी गर्दै उनले निलम्बनबारे मूल्याङ्कन गर्ने अधिकार आम जनतासँग रहेको उल्लेख गरे। “मैले राम्रो गरेँ कि नराम्रो गरेँ भन्ने कुरा मलाई केही भन्नु छैन, आम जनताले मूल्याङ्कन गर्नुहोला,’ उनले भने।

कुराकानीकै क्रममा उनले आफ्नी आमा शनिबार ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिए । यस्तो अवस्थामा मानवीयताको समेत ख्याल नगरी आफूलाई निलम्बनको पत्र थमाइएको उनको गुनासो छ । ‘आमा जीवनमरणको सङ्घारमा हुनुहुन्छ, तर म अहिले पनि अफिसमै कार्यरत छु’ उनले भावुक स्वरमा भने।

महानगरपालिकाका मेयरसँग भने यो विषयमा अहिलेसम्म कुनै छलफल नभएको उनले जानकारी दिए । उनले आफूमाथि भएको कारबाहीको दोष नकसैलाई नथोपर्ने पनि बताए । ‘म कसैलाई दोष दिन चाहन्न, गाली गर्न पनि चाहन्न,’ पाण्डेले भने, ‘जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ।’

झण्डै तीन वर्षको कार्यकालमा भित्रबाहिरबाट थुप्रै चुनौतीहरू सामना गरे पनि कर्तव्यबाट पछि नहटेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय