केही दिन यता सामाजिक सञ्जालमा उनै भक्तबहादुर बिकको तस्बिरहरु र भिडियोहरु निकै भाईरल भएको छ। भाईरल पनि यसरी भएको छ कि सबैलाई भक्तबहादुरको भिडियो र तस्बिरले रुवाएको छ ,उनले संसार छाडेकी श्रीमतिलाई समर्पित गरेको भिडियो अनि ति भिडियो देखिएका आशाको कोखबाट जन्मिएका सन्तान अनि प्रेमलि शब्दले आशु बगेको पत्तै नहुदो रहे छ ।

दुई वर्षअघि स्वर्गारोहण भएकी श्रीमतीको सालिक बनाएर दिनहु भक्तबहादुर वि।कले आशालाई सम्झिरहेका छन ।हामीले सुनेका प्रेम मुना मदनको कथा अनि देखेको बिबेक र सिर्जनाको त्यो कथा फेरि पनि आज दाङका भक्तबहादुर र आशाको यो प्रेम देखेर भन्दै छौ साच्चिको यो संसारमा वास्तवमा प्राण भन्दा पनि धेरै माया गर्ने साथ दिने केही यस्ता पात्रहरु हाम्रो समाजमा छन ।

जसले वास्तविक प्रेम शब्दलाई ब्यवहारले निम्ताएको छ । आफुले माया गरेको मान्छे साथमा नभएपनि यादमा यसरी प्रमे समर्पित गरिरहेका छन प्रेम अमर बनाईरहेका छन । आशा कुमारी नेपाली । २०८० भदौ १४ गते पेटको क्यान्सरका कारण ज्यान गुमाईएकी थिईन ।

आशाले अस्पतालमा रहदा अन्तिम समयमा भनेकी थिईन राजा मलाई जसरी भएपनि बताउनुहोला म मर्न चाहन्न । र भनेर नहुदो रहेछ भाविको लेखा केही गरि टार्न नसकिदो रहेछ । अहिले उनी आशा कुमारीका एक छोरा र छोरी छन । जसले आफनो आमाप्रति समर्पित गर्दै त्यो शालिकमा फुल चढाएर पुजि रहेका छन । जुन दृश्यले सबैको आखा रसाउने गरेका छन ।

उनै भक्त बहादुर नेपालीले केही समय अघि आफनो सामाजिक सञ्जालमा लेखेका थिए उनि हुंदा मलाई घरेलु काममा सघाउन भनिरहन्थिन । लुगा धुदा म मिच्छु तपाई पखाल्नुस भन्थिन, किचनमा खाना पछि तपाई ग्यास पुछ्नुस म भांडा धुन्छु भन्थिन, आउनुस दुईजना मिलेर खाना पकाम भन्थिन । झाडु पुछा लगाउने काम पनि बांडफांड गर्थिन ।

मलाई यो सब किन गर्नुपरेको होला रु भनेर दुखी हुन्थे । अहिले बल्ल बुझे मलाई घरेलु काममा उनिले सिकाउनको कारण ‘‘।।अहिले मेरो दिनचर्या मा यि सबै काम समाबेश छन । उनी भन्छन मानिसको मृत्यु दुई पटक हुन्छ । एकपटक भौतिक शरीरको मृत्यु अर्को स्मृतीमा मृत्यु । उनी हाम्रो स्मृतिमा रहीरहुन भनेर आशाको शालिक बनाए र पुस्तक लेखे ।

आशा भक्तको साथमा १५ बर्ष ६ महिना ६ दिन तिमीले मेरो साथ दियौ । आड, भरोसा र माया दियौ । सुन्दर परिवार र सुन्दर संसार दिईन । तर त्यो सुन्दर संसारमा उनी रमाउन पाईन् । उनी अकस्मात हराईन । आज मानिसहरु घरको मुल ढोकाबाट निस्कन नपाउदै श्रीमान श्रीमतिले एकअर्कालाई बिर्सन्छन तर यहा स्वार्गिय श्रीमतिप्रति देखाएको प्रेमले सबैको आखा रसाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय