latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।

त्यसो त ‘झोले’ शब्द आफैँमा नकारात्मक शब्द होइन। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’मा झोलेका तीनवटा अर्थहरू छन्। पहिलो, अर्कोको झोला बोक्ने, दोस्रो, झोल भएको; रसदार र तेस्रो झोला बोकेर हिँड्ने।

तर, नेपाली राजनीतिक वृत्तमा भने झोले शब्दलाई ‘नेगटिव कोनोटेसन’मा बुझिन्छ। अर्थात्, खासगरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नुपर्‍यो, रोष पोख्नुपर्‍यो भने झोले शब्दको प्रयोग गरिन्छ। अझ भन्नुपर्दा, झोले शब्दले नेताका ‘पिछालगु’हरूलाई जनाइन्छ।

च्याटजीपीटीका अनुसार झोलेको अर्थ आफ्नै हैसियत नभएको, अरूको नाममा बाँच्ने व्यक्ति र नेताको पिछलग्गु व्यक्ति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय