latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन्।

आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको हो। यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय