latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको माग गर्दै आयोजना गरिएको आन्दोलनमा पक्राउ परेका र रिहा भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले प्रदर्शनकारीहरूप्रति देखाएको व्यवहारलाई बर्बर र अमानवीय भन्दै कडा टिप्पणी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘धन्यवाद प्रम केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति। हामीले न त निषेधित क्षेत्र उलंघन गरेका थियौँ, न त कुनै कानुन तोडेका थियौँ।’

उनले भने, ‘दमन र निषेधले विचार मर्दैन। भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझ सुदृढ भएको छ।’

अध्यक्ष थापासहित आठजना निषेध क्षेत्र तोड्न खोजेपछि हिजो पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय