latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका थिए । प्रदर्शनकै क्रममा पक्राउ परेका राप्रपाका सांसद दिपक सिंह सिंहसहित सात जनालाई जिम्मा जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए ।

आइतबार राजावादीहरूको प्रदर्शनस्थलबाट पक्राउ परेका डा. राजिव झा नछुट्ने भएका छन् । उनलाई मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका ८ जना मध्ये ७ जनालाई प्रहरीले रिहा गरेको हो ।

रौतहट घर भएका ४५ वर्षीय झाले मापसे गरेको भेटिएको छ । आन्दोलनको क्रममा प्रहरीले कमल थापा, ललितपुर घर भएकी ६२ वर्षीया शिला राणा, भक्तपुर घर भएका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई नियन्त्रणमा लिएको थियो ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले नारायहिटी दरबार क्षेत्र आसपास र सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय