latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

सप्तरीमा शनिबार विहानका राति जङ्गली हात्तीको आक्रमणमा परी एक जना किसानको मृत्यु भएको छ।

हात्तिको आक्रमणमा परी कञ्चनरूप नगरपालिका–१२ का ६६ वर्षीय केदार बहादुर विष्ट (दशरथ) को मृत्यु भएको हो।

स्थानीयका अनुसार घरदखि करिव ३ सय मिटर पश्चिममा रहेको मकै बारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीयले बताएका छन्।

विष्ट बँदेल लगायतका जंगली जनावरबाट मकै जोगाउन बारीमै बसेका थिए। राति करिव १ बजे समुहमा आएका हात्तीको जेसलाई उनलाई आक्रमण गरेको जनाईएको छ।

अहिले हात्ती कञ्चनरूप लगायत जिल्लाका विभिन्न स्थानमा दिउँसो जङ्गलतर्फ हात्ती जाने राती वस्तीमा आउने गर्नाले यस क्षेत्रका बासिन्दाहरू रातभर जाग्राम बस्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय