latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

झापाको शिवसताक्षी नगरपालिका वडा नं. ७, लालपानी मण्डलबस्तिस्थित कृष्ण मण्डलको मकैबारीमा मानव कङ्गाल फेला परेको छ। मिति २०८२ जेठ १६ गते (बिहीबार) अन्दाजी १६:०० बजेको समयमा स्थानियले मकैबारीमा कङ्गाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले सडेको अवस्थामा रहेको पुरुषको कङ्गाल फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त कङ्गाल सोही क्षेत्रका ऐ.ऐ. बस्ने भिम श्रेष्ठका छोरा अन्दाजी ४४ वर्षीय ओम प्रकाश श्रेष्ठको भएको खुलेको छ। श्रेष्ठ मानसिक रूपमा असन्तुलित रहेको र मिति २०८२ जेठ १ गते घरबाट हिँडी हराएको जनाइएको छ।

उनको हराइरहेको सम्बन्धमा मिति २०८२ जेठ ३ गते इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत हुलिया निवेदन समेत दर्ता गरिएको थियो।कङ्गालको पहिचान उनले लगाएको कपडा र पहिरनको आधारमा आफन्तजनले गरेका हुन्।

प्रहरीका अनुसार घटनास्थलको सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई थप परीक्षण (पोष्टमार्टम) का लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पठाइएको छ।यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय