latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

कुनै बेलाका चर्चित अर्थमन्त्री डा. रामशरण महत गम्भीर रोगको सिकार बनेका छन् ।उनलाई ‘स्मरण शक्ति कम हुँदै जाने, नचिन्ने, बिर्सिने (अल्जाइमर जसलाई डिमेन्सिया पनि भनिन्छ) को समस्या भएको छ ।’

महतलाई यस्तो हुन थालेको केही वर्षयता हो । तर, पछिल्लो ६/७ महिनायता भने महत यो समस्याबाट अलि धेरै नै पीडित छन् । वर्षौंसम्म राजनीतिको उच्च तहमा बसेर काम गरेका नेता भएकाले उनलाई भेट्न मान्छेहरू आउँछन्, आउन खोज्छन् । तर, महत सहजै चिन्दैनन् । निरन्तर भेटिरहेका मान्छेलाई अलिअलि ठम्याउँछन् । कतिपय पारिवारिक सदस्यलाई पनि सहजै ठम्याउन सक्दैनन् ।

समस्या बढ्दै गएपछि थाइल्यान्डको बैंकक र भारतका विभिन्न अस्पतालमा उपचार गरियो । तर, अस्पतालले सुधार हुन गाह्रो छ भनेका छन् । अहिलेकै अवस्थामा राख्ने (स्टेबल) मात्रै विकल्प भएको चिकित्सकको सल्लाह छ ।

‘समस्या आएपछि बैंककदेखि भारतका धेरै अस्पतालमा पुर्‍यायौं, तर पूरै सुधार हुन गाह्रो छ भन्नुहुन्छ,’ अर्का एक पारिवारिक सदस्यले भने, ‘उहाँका लागि विकल्प भनेकै अहिलेको स्थितिलाई स्टेबल राख्न मद्दत गर्ने मात्रै हो । उहाँलाई देखिएको समस्या सुधार भएर जाने स्थिति देखिएको छैन ।’

स्वास्थ्यमा समस्या आएयता भेटघाटका लागि पहिलेजस्तो नेता/कार्यकर्ताको लाइन लाग्दैन । तर, उनलाई सम्झेर केही शुभेच्छुक भने आउने गरेको पारिवारिक स्रोत बताउँछ । दुई महिनाजति अगाडि कांग्रेस नेता डा. शेखर कोइराला भेट्न आएका थिए । उनीबाहेक कांग्रेसका अन्य सिनियर नेता भेट्न नआएको धेरै नै भइसक्यो ।

स्वास्थ्यकै कारण उनी पार्टी बैठकमा आउन छाडेको पनि लामै समय भइसकेको छ । अब उनलाई सक्रिय राजनीतिमा आउन र पुरानै लयमा फर्किन कठिन देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय