latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंमा कार्यरत श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।

प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार रानीपोखरीमा कार्यरत डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा श्रेष्ठलाई सरुवा गरिएको छ ।उनको ठाउँमा हालै एसएसपीबाट डीआइजीमा बढुवा भएका ओम बहादुर रानालाई पठाइएको छ ।

गृह मन्त्रालयले डीआईजीमा ११ जना एसएसपीहरु बढुवा गरेको थियो । उक्त बढुवा सूचीमा राना पनि परेको थिए । बढुवा भएका डीआईजीलाई अख्यियार पठाउने निर्णय गरेको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय