कांग्रेस नेता मोहम्मद आलम जेलमुक्त भएपछि रौतहटका नेता कार्यकर्ता उत्साहित भएका छन् । रौतहट २ बाट उनले प्रतिनिधित्व गरिसकेका छन् । उनी २०५३ को उपनिर्वाचनबाट सांसद बनेका थिए । त्यस्तै, २०५६ र २०६४ को निर्वाचनमा विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएका आलम २०७४ मा संसदीय निर्वाचनमा भने चुनाव जिते ।

२०५४ मा श्रम सहायकमन्त्री भएका आलम २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन सहायकमन्त्री भएका थिए । २०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भएका आलम २०५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वकै सरकारमा भूमिसुधारमन्त्री पनि बनेका थिए । २०६६ मा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा समेत उनी श्रम तथा यातायातमन्त्री बनेका थिए ।

उनी जेलमुक्त हुँदा रौतहटको एक क्षेत्र सुरक्षित भयो भन्ने भाष्य नेपाली कांग्रेस छ । ‘अब कांग्रेसको एक चुनावी क्षेत्र सुरक्षित भएको छ । बाहिर जे भने पनि स्थानीय क्षेत्रमा भगवान् नै मान्छन्,’ एक स्थानीय नेताले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय