latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता सपरिवार नारायणहिटी जाँदै छन् । दरबार हत्याकाण्डमा ज्यान गुमाउने दाजु-भाउजु वीरेन्द्र र ऐश्वर्यासहित शाही परिवारका सदस्यको सम्झानमा दिप प्रज्वलन गर्न उनी परिवारसहित त्यहाँ जान लागेका हुन् ।

जेठ १९ गते साँझ ६ बजे नारायणहिटीको चतुव्र्यूह नारायण धाम परिसरमा ज्ञानेन्द्र परिवारले संयुक्त रूपमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र आमा भेट्न बेलाबेला नारायणहिटी पुगिरहन्छन् । गणतन्त्र घोषणापछि उनले नारायणहिटी छोडे पनि आमा रत्न शाह भने त्यहाँस्थित महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।

पछिल्लो पटक गत शनिबार ज्ञानेन्द्र नारायणहिटी गएका थिए । नाती हृदयन्द्रले हजुरआमा भेट्ने इच्छा गरेपछि पत्नी कोमललाई पनि साथमा लिएर त्यहाँ पुगेका उनले चतुर्व्यूह परिसरमा पूजाअर्चना गरेका थिए । बैशाख पहिलो साता पनि उनी पत्नीसहित नारायणटी गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय