latest
रामेछाप सल्लेका सन्तोषको साउदीमा मृत्यु, शव नेपाल ल्याउन सहयोग गर्न परिवारको अपिल  ||    पोखरामा फेरी के हुदैछ यस्तो ? मुख्यमन्त्रीसम्मै पुग्यो कुरा  ||    आफ्नै छोरीको अश्लील भिडिओ फेसबुक स्टोरीमा राखेपछी…प्रहरीसामू दिए यस्तो बयान  ||    केहि गरि त्यो रात प्रहरी नपुगेको भए नेपालीको अरबौ स्वाहा हुने रहेछ  ||    हामी झोले हैनौ भन्दै एमाले कार्यकर्ताले नै दिए ओलीलाई काउन्टर  ||    गएरातिदेखि नै चल्न थाले सार्वजनिक यातायात  ||    भोलिदेखि सार्बजनिक यातायात चल्ने, यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता  ||    यो घर भित्र हुथ्यो यति ठुलो कारोबार, मासिक ८० हजार रुपैयाँसम्म तलब दिएर….  ||   
बुधबार , जेठ २२, २०८२

काठमाडौँ । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने र मानहानी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन निकायले मे २१ मा नियन्त्रणमा लिएको हो ।

हाल उनी पश्चिम भर्जिनियाको हन्टिङ्टनस्थित हिरासत कक्षमा रहेको बताइएको छ । गुरुङ लामो समयदेखि टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा सक्रिय थिए ।

उनलाई भिडिओहरूमा नेपाली तथा भुटानी समुदायलाई लक्षित गर्दै गालीगलौज र धम्की दिने सामग्रीहरू प्रसारण गरेको आरोप लागेको छ । उनको यस्तो कार्यले सामाजिक सद्भावमा नकारात्मक असर पारेको भन्दै नेपाली तथा भुटानी समुदायहरूले विरोध जनाएका थिए ।

प्राप्त उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धानपछि गुरुङलाई उक्त निकायले नियन्त्रणमा लिएको हो । निकायका अनुसार गुरुङमाथि आप्रवासन कानुन उल्लंघन, घृणात्मक अभिव्यक्ति, र समुदायबीच वैमनस्यता फैलाएको आरोप लागेको छ ।

उनलाई चाँडै आप्रवासन अदालतमा उपस्थित गराइने भएको छ । टिकटकमा गुरुङको गिरफ्तारीसम्बन्धी समाचार फैलिएपछि धेरै प्रयोगकर्ताले यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय