
अर्बौ लगानीमा भनेको भ्यु टावर अलपत्र परेको झापाको दमकमा सरकारले आधुनिक रंगशाला निर्माण गर्ने भएको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने, ‘झापाको दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने आधुनिक रंगशाला निर्माण गरिनेछ।’
दमक नजिकैको लखनपुरमा आदिवासी रंगशाला भने अहिलेसम्म अलपत्र अवस्थामा छ।
आदिवासी समुदायको चिहान हटाएर निर्माण थालिएको रंगशालाको नाम फेरेर यसअघि ओली नेतृत्वकै सरकारले मदन भण्डारी रंगशाला नाम राखेपछि विवाद भएको थियो।
बजेटले बनाउने भनेको रंगशाला आदिवासी रंगशाला नै हो कि अर्को भन्ने प्रष्ट छैन।
दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला हो।
यसअघि दमकमा सरकारले अर्बौँ खर्च गरेर बनाएको भ्युटावरको विरोध हुने गरेको छ।
काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।