latest
एलिना र बिष्णु बीच दोश्रो चरणको लडाई शुरु  ||    Breaking: न्यायाधीश भरत लम्सालले दिए राजीनामा  ||    कांग्रेस एमाले गठबन्धन ढालेर कोइरालालाई प्रधानमन्त्री बनाउने गरी गृहकार्य भइरहेको छ: अमरेशकुमार  ||    प्रचण्डलाई शेखरले भने– पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्  ||    केहिदिन भित्र ढल्दै ओली सरकार, शेखर कोइरालालाई प्रधानमन्त्री बनाउने तयारि  ||    एमाले नेत्री विद्या भण्डारीले अध्यक्षको कुर्सि चिप्लाईदिने देखेपछी ओलीले यसो भन्छन-  ||    वडाध्यक्षले ९ जना युवा लगेर कुट्दा ठेकेदारका भाचिए २ वटा दात  ||    ५ बर्षको लभ गरेर विवाह, अहिले दाईजोमा ६० लाख २० तोला सुन, एउटा कार र राजमार्गमा पर्ने जग्गा माग्दै !  ||   
शनिबार , साउन ४, २०८२

सरकारले युवालाई बिना धितो दुई लाखदेखि २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने घोषण गरेको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ।


राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ। उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनर्स्थापनाका लागि परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

त्यसैगरी, सरकारले मुलुकको आर्थिक, सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय