latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

राजसंस्थाको पुन:स्थापनाको माग सहित आजबाट ‘संयुक्त जनआन्दोलन’ सुरू भएको छ । काठमाडौंका सात स्थानबाट जुलुसहरू निस्किएर रत्नपार्कस्थित शान्ति वाटिकामा जम्मा भएका छन् ।

यो आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन् । नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक-फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन् ।

आजको राजावादी प्रदर्शनमा एउटा फरक दृष्य देखियो । धेरै नेताहरूले विभिन्न रंगका छाता ओडेका छन् । काठमाडौंमा अहिले पानी परेको छैन, घाम भने चर्किएको छ । तर, व्यवस्था बदल्ने आन्दोलनमा हिँडेकाहरू यस्तो घामसँग नडराउनुपर्ने हो । त्यसो भए छाता किन ओढियो त ?

यस विषयमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालबाट प्रष्ट्याएका छन् । उनको भनाइअनुसार ‘मुकुट’ को प्रतिकको रुपमा लिङदेनले छाता ओढेका हुन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विरोधको प्रतीक कालो रङ्ग र मुकुटको प्रतीकको रूपमा छाता (कालो छाता) लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राजसंस्थावादी आन्दोलनको जुलुस मैतीदेवीबाट अघि बढेको छ ।’

श्रेष्ठले देशलाई अभिभावक चाहिएको संकेत गर्न मुकुटको प्रतीकको रूपमा छाता ओढिएको बताए ।

‘पूर्वतयारी अनुसार नै आज अधिकांश नेताहरूले छाता ओढ्नुभएको छ । घामपानीसँग जोडिनलाई भन्दा पनि यसलाई प्रतिकात्मक अर्थमा बुझ्नुपछ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय