पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य गणेशबहादुर खड्काको निधन भएको छ।

नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभा र त्यसअघि २०४८ तथा २०५१ को प्रतिनिधिसभा चुनावमा निर्वाचित खड्काको आज बिहान निधन भएको हो।

क्यान्सर रोगसँग जुधिरहेका ८२ वर्षीय खड्कालाई काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराएर केही दिनअघि दैलेख सदरमुकामस्थित निवासमा लगिएको थियो।

वि.सं. १९९९ सालमा दैलेखमा जन्मिएका खड्काले नेपाली कांग्रेस दैलेखको सभापतिका रुपमा लामो समय काम गर्नुभएको थियो।

पछिल्लोपटक संविधानसभा सदस्यका रुपमा रहँदा उहाँले स्थाानीय विकास राज्यमन्त्रीका रुपमा काम गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय