
संखुवासभाको चैनपुरको एक घरमा आमा छोरी मृत अवस्था फेला परेका छन् ।
चैनपुर नगरपालिका –११ लुहाकोटका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी शिशु (आमा छोरी) आफ्नै घरमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो करिब १ बजेतिर आफ्नै घरको सुत्ने कोठाभित्र आमा छोरी मृत भेटिए पनि घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनाको विभिन्न तवरबाट अनुसन्धान सुरु भइसकेको छ ।