विपक्षीको अवरोधपछि ३० मिनेटलाई संसद् बैठक स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर अवरोध पुर्‍याएका थिए।

विपक्षी सांसद्हरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद्को कारबाही अवरोध गरे । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिन आफू तयार रहेको बताए । उनले विपक्षी दलका नेताहरूलाई बसेर बैठक अघि बढाउने वातावरण बनाउन आग्रह गरे । तर, विपक्षी सांसदहरूले मानेन् ।

सत्तापक्षले आजको बैठकमा गृहमन्त्री रमेश लेखकले बोल्न पाउनुपर्ने र त्यसको लागि सभामुखसँग समय माग्ने निर्णय गरेको छ । सभामुख पनि गृहमन्त्रीलाई समय दिन तयार देखिएको आफूहरुले जानकारी पाएको ती सांसदले बताए ।

विपक्षी दलहरुले हिजोको बैठकमै गृहमन्त्रीले राजीनामा दिनुपर्ने एकसूत्रीय माग राखेर संसद अवरुद्ध गरेका थिए । तर, सत्तापक्षले आज बैठक बसेर गृहमन्त्रीले कुनै हालतमा राजीनामा नदिने निर्णय गरेपछि प्रतिपक्ष आक्रोशित छ ।

यसअघि २०८० को चैतमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न खोज्दा नेपाली कांग्रेसले बोल्न दिएको थिएन । कांग्रेसले लामिछानेलाई संसदमा बोल्न नदिने औपचारिक निर्णय नै गरेको थियो । त्यतिबेला लामिछानेमाथि सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेको थियो ।

परिस्थिति अपहिले पनि त्यस्तै छ तर नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ठिक विपरित स्थानमा छन् । त्यतिबेलाका गृहमन्त्रीको पार्टी रास्वपा अहिले प्रतिपक्षमा छ र त्यतिबेला लामिछानेलाई बोल्न नदिने कांग्रेसका रमेश लेखक अहिले गृहमन्त्री छन् । लेखकमाथि मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

आफ्ना सभापतिले बोल्न नपाउँदाकै जस्तो परिस्थिति अहिले निर्माण भएपछि रास्वपा लेखकलाई बोल्न दिने पक्षमा छैन । विपक्षीको विरोधको नेतृत्व नै रास्वपाले गरिरहेको छ । माओवादी र राप्रपाले उसलाई साथ दिएका छन् । आज सत्तापक्षको पेलेर जाने नीतिलाई सभामुखले समर्थन गर्ने र प्रतिपक्षी पनि गृहमन्त्रीले राजीनामा दिनैपर्ने र संसदमा बोल्न नपाउने अडानमा कायम रहने हो भने संसदमा भिडन्तको जोखिम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय