तुलसीपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार बुधबार आज बिहान तुलसीपुर–३ सिरखोला एक पुरुषको शब फेला परेको हो ।

शब गलिसकेको अवस्थामा छ । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको हो । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको डिएसपी ठकुरीले बताउनुभयो । उहाँका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलनजिकै बंगुर फर्म छ । बगुंर फममा काम गर्नेले बिहान शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शबलाई उठाएर राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय