भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई)का नाममा जारी भिसा अमेरिकाले रद्ध गरेकाे छ । भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया सुरू गरेसँगै अमेरिकाले भिसा रद्ध गरेकाे हाे ।

बताइएअनुसार भट्टराईकाे भिसा रद्धबारे अमेरिकाले परराष्ट्रलाई पत्र पठाएकाे छ । अमेरिकाले भिजिट भिसा प्रकरण गम्भीर भएकाे बताउँदै भिसा रद्ध गर्नुपरेकाे जनाएकाे छ ।


विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृतकाे रूपमा कार्यरत भट्टराईलाई गत बुधबार आयोगले नियन्त्रणमा लिएकाे थियाे ।

यसअघि अमेरिकाले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि उच्च पदस्थकै भिसामाथि चासाे देखाएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय