latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

नेपालमा पछिल्लो एकहप्तामा कम्तीमा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै काभ्रेका हुन्। उनीहरूलाई धुलिखेलमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको हो।

यद्यपि उनीहरूलाई देखिएको भाइरस नयाँ भेरियन्ट हो वा पुरानो भेरियन्ट भन्नेबारे केही थाहा भएको छैन।

भारतलगायत छिमेकी मुलुकहरूमा कोरोना भाइरस फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको जानकारी गराएको छ।

पछिल्लो समय कोरोना भाइरससम्बन्धी चेकजाँच बढाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय