latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

काठमाडौं । १२ किलोभन्दा बढी अवैध चाँदीसहित बसका सहचालकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह हुन्। बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सहचालक रहेका उनी सोमबार राति पौने १० बजे पक्राउ परेका हुन्।

प्रहरी प्रभाग नागढुंगाको टोलीले चेकजाँचका क्रममा बसबाट १२ किलो १७६ ग्राम बिलबिना ल्याइएको चाँदी बरामद गरेपछि सिंहलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उक्त चाँदी बिना बिल–बिजकको गरगहना स्वरूपमा काठमाडौं ल्याइएको थियो।

पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय