latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु पूर्वाग्रह भएको बताएका छन्।

मङ्गलबार (आज) संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्दछ। गल्ती भए जुनसुकै लेभलको मान्छे पनि कारबाहीको दायरामा आउनु पर्दछ। तर, कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ। ज-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ?,’ उनले भने।

गृहमन्त्री लेखकको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले संसद् चल्न दिएका छैनन्। यसअघि बसेको बैठक पनि यी दलहरूको अवरोधकै कारण स्थगित भएको थियो।

अहिले सभामुख देवराज घिमिरेले यी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय