
नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन् । माओवादीसँग समायोजन प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ । समायोजन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
१० वर्षमा चारवटा पार्टी फेरेर श्रेष्ठ माओवादीमा फर्किएका हुन् । माओवादी छाडे नयाँ शक्ति, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर नेपाल समाजवादी पार्टी, लोसपा र नेसपा मिलेर जसपा नेपाल,जसपाबाट फुटेर नेपाल समाजवादी पार्टी, बाबुरामबाट फुटेर फेरि नेसपमा अनि महिन्द्रराय यादवसँग फुटेर माओवादीमा फर्किए ।