यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने छ ।

असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत रहेको समितिले जनाएको छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।

यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको छ भने सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ बजेको साइत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर