latest
पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||    नेपाली काँग्रेस बाट निर्बाचित वडाध्यक्ष फौजदारी मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी हुदा पनि पदासीन  ||    अभियन्ता आशिका तामाङ कारागार बस्नु नपर्ने, यस्तो छ कारण-  ||    सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन कैद सजायको फैसला  ||    ललितपुरबाट पक्राउ परेका युवाको साथमा झन्डै करोड रुपैया, गर्दा रहेछन् यस्तो काम  ||    प्रकाश भुजेलको जस्तो नक्कली डाक्टरी सर्टिफिकेट ५६ हजारमै किन्न पाइन्छ  ||    विष्णु सापकोटा अष्ट्रेलियामा अरबपति बन्ने बाटोमा  ||    काँग्रेस नेताको छत्रछायामा रमाएको गुण्डाले यति सम्म गरेको रहेछ  ||   
मंगलबार , भाद्र ३१, २०८२

मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान रहेको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो।

टेक्सासको कानुन अनुशार जघन्य हत्या पुष्टी हुनका लागि विशिष्ट उत्तेजित परिस्थितिहरु पूरा गर्दछ। अपहरण वा लुटपाटका क्रममा कसैको हत्या भएमा त्यसलाई जघन्य हत्या मान्न सकिन्छ भने चोरी वा आगजनी जस्ता अन्य अपराधको कार्यको क्रममा व्यक्तिको हत्या भएमा पनि त्यसलाई जघन्य हत्या मान्न सकिन्छ। त्यस्तै यौन आक्रमण र बदला लिने हत्यालाई पनि जघन्य हत्या मान्न सकिन्छ । हत्याका लागि अपराधीलाई भुक्तान गरिएको वा भुक्तानीको वाचा गरिएको सन्दर्भमा पनि जघन्य हत्या अभियोग लाग्नसक्छ ।

टेक्सासमा यस्तो हत्याको सजाय या त बिना परोल आजिवन जेल वा मृत्युदण्ड हो। टेक्सासमा पहिलो डिग्री हत्यामा दोस्रो डिग्री हत्याको तुलनामा ठूलो सजाय हुन्छ । तर जघन्य हत्या टेक्सासमा तिनीहरू दुवैको शीर्षमा रहेको छ । टेक्सास अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरू मध्ये एक हो ।

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्यको अभियोग दायर गरिएको हो । ह्यारिस काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयलाई सम्पर्क गरी उनको विरुद्ध जघन्य हत्याको अभियोग लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय