काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानीस्थित नगर अस्पताल नजिक झ्याङमा एक पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार हाल नाम, थर र वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले कपन बालुवाखानीस्थित नगर अस्पताल नजिकको झ्याङमा ती पुरुष मृत अवस्थामा फेला परेको जानकारी दिए।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।





