सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस उम्मेदवार गगन थापाले थोरै मतान्तर घटाएका छन् ।

रास्वपा उम्मेदवार अमरेश कुमार सिंहसँग यसअघि ८ हजार १०० को मतान्तरमा रहेका गगनले पछिल्लो समय मतान्तर ७ हजार ८१३ मा झारेका छन् ।



सिंहले २२ हजार ८६६ मत ल्याउँदा कांग्रेस उम्मेदवार थापाले १५ हजार ५३ मत ल्याएका छन् ।

जारी मतगणनामा एमालेका उम्मेदवार अमनिश कुमार यादवले ६ हजार ४३६ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार राकेश कुमार मिश्रले १ हजार २०९ मत ल्याएका छन् । नेकपा पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय