झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सानदार जिततर्फ अघि बढेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारेका छन् ।
शाहले ४२ हजार ५४३ मत ल्याउँदा ओली ११ हजार ४२७ मतमा सीमित छन् । यसैगरी, नेपाली कांग्रेसकी मन्धरा चिमरिया १२०२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार मतसम्म पुर्याउन सकेका छैनन् ।
यहाँ श्रम संस्कृति पार्टीका समीर तामाङ तेस्रो स्थानमा छन् । उनले ७ हजार १०७ मत ल्याएका छन् ।






