मनाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले २ हजार ४१५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन्।

यद्यपि निर्वाचन जिते पनि गुरुङले सांसदको शपथ लिन पाउने अवस्था भने अन्योलमा परेको छ। भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिने क्रममा भएको अनियमिततासम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई भ्रष्टाचारको मतियार ठहर गरेको थियो।



विशेष अदालतले २०७९ फागुन १५ गते गुरुङलाई दोषी ठहर गर्दै उनीबाट १ करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला सुनाएको थियो। सो निर्णयपछि उनीमाथि कानुनी जटिलता उत्पन्न भएको हो।

हाल उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआउँदासम्म उनले सांसदको शपथ लिन पाउने वा नपाउने विषय अन्योलमै रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय