दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा मतपत्रको ठेली लुट्ने घटनामा संलग्न व्यक्तिहरूमाथि मुद्दा चलाउने तयारी गरिएको छ।

बुथ कब्जा गर्ने प्रयासका क्रममा मतपत्रको ठेली बोकेर भागेको आरोपमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगीमाथि मुद्दा दर्ता गर्ने तयारी गरिएको हो।



घटनामा नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ। तर नेपाली कांग्रेस र नेकपाले पक्राउ परेका सबैलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्।

यसैबीच, विवादका कारण स्थगित भएको मतदान पुनः सञ्चालनका लागि अर्को मिति तोक्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।

कांग्रेस र नेकपाका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाका कार्यकर्ताले विरोध जनाएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय