तामाकोशी गाउँपालिका–४ मालु मतदान केन्द्रमा विवाद भएपछि रोकिएको मतदान अझै सुरु हुन सकेको छैन।

मतदानका क्रममा कर्मचारीमाथि हातपातको प्रयास भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेका थिए। सो घटनापछि मतदान स्थगित भएको हो।



सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अहिले मतदान पुनः सुरु गराउने विषयमा सर्वदलीय छलफल जारी छ। उनका अनुसार मतदान केन्द्रमा रहेका बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको छ।

एजेन्टहरूले मतपत्र लुट्न खोजेपछि स्थिति असहज बनेको उनले बताए। ‘नियन्त्रणमा लिएको होइन, सुरक्षित स्थानमा राखेका हौँ,’ उनले भने, ‘दलका केही प्रतिनिधिले मतपत्र लुट्ने प्रयास गरेपछि समस्या उत्पन्न भएको हो।’

घटनापछि मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदान कहिलेबाट पुनः सुरु हुने भन्नेबारे छलफल जारी रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय