माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदातालाई प्रभावित पार्ने प्रयास गरेको आरोपमा एक कर्मचारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर पौडेलले मतदातासँग घण्टी चुनाव चिन्हमा भोट मागेको आरोप लागेपछि मतदान केन्द्र वरपर केहीबेर हल्ला भएको थियो।



चितवन जिल्लाका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार पौडेललाई तत्काल मतदान परिसरबाट बाहिर निकालिएको छ। उनी सो मतदान केन्द्रको बुथ नम्बर ‘ख’ मा कर्मचारीका रूपमा खटिएका थिए।

राजनीतिक दलका प्रतिनिधिले मतदाता प्रभावित पार्ने प्रयास भएको भन्दै उनलाई हटाउन माग गरेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्। कर्मचारीलाई मतदान केन्द्रबाट हटाएपछि अहिले मतदान प्रक्रिया भने नियमित रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय