दोलखाको मालु मतदान स्थलमा विवादका कारण मतदान रोकिएको छ।
तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ।
हवाई फायरपछि मतदान स्थलमा नाराबाजी सुरु भएको थियो। अहिले स्थिति सामान्य बनाउने प्रयासस्वरूप सर्वदलीय बैठक बोलाइएको छ भने मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।





