नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर–४ मा मतदान सुरु हुनेबित्तिकै तनाव उत्पन्न भएको छ।

बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै मतदाताबीच विवाद भएको हो।



मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। विवाद बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएका थिए।

तनावका कारण केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो। तर अहिले अवस्था सामान्य भइसकेको र मतदान पुनः सुरु भएको जिल्ला प्रशासन स्रोतले जनाएको छ।

उक्त क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय