मङ्गलबार सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । राजन दाहाल नाम गरेका प्रयोगकर्ताले मुस्ताङको लोघेकर दामोदर कुण्ड गाँउपालीका चराङमा बाँड्न लैजादै गरेको ५ लाख सहित काङ्ग्रेस कार्यकर्ता नियन्त्रणमा भन्दै उक्त भिडिओ शेयर गरेका छन् ।
“लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष समेत रहेका काङ्ग्रेस कार्यकर्ता नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडी बाट ५ लाख रकम, पार्टीको झण्डा सहितका सामाग्री नियन्त्रणमा लिइएको हो,” भिडिओ स्रोतको रूपमा पुजा गैरेलाई उद्धृत गर्दै उनले भनेका छन् ।
भिडिओको वास्तविकता बुझ्न हामीले मुस्ताङ स्थित सशस्त्र प्रहरीका इन्स्पेक्टर विष्ण पौडेललाई सम्पर्क गरेका थियौँ । मौन अवधिको समयमा मङ्गलबार उक्त गाडी लोमान्थाङतर्फ जाँदै गरेको अवस्थामा चराङ स्थित क्षेत्रीय निर्वाचन सुरक्षा बेसको टोलीले नियन्त्रणमा उनले बताए ।
“रकमको स्रोत अहिलेसम्म खुलेको छैन । भाइरल भिडिओ चराङकै हो । बरामद रकम र चालकसहितको गाडी हाम्रो नियन्त्रणमा छ,” उनले भने, “यस विषयमा थप अनुसन्धानको प्रक्रिया चलिरहेको छ ।”






