काठमाडौँ। निर्वाचन नहुने भन्दै सार्वजनिक रूपमा भविष्यवाणी गरेका ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने किसिमको गतिविधि गरेको आरोपमा अधिकारीलाई मच्छेगाउँस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।



अधिकारीले ग्रहण लाग्ने समयमा चुनावको मिति तोकिएको दाबी गर्दै निर्वाचन नहुने तथा भए पनि अनिष्ट हुने अभिव्यक्ति दिएका थिए। प्रहरीका अनुसार यस्तो अभिव्यक्तिले निर्वाचन बिथोल्ने वातावरण सिर्जना गर्न सक्ने देखिएपछि नियन्त्रणमा लिइएको हो।

यद्यपि, परिवार स्रोतले नियन्त्रणमा लिँदा प्रहरीले कुनै पुर्जी वा कागजात नदेखाएको दाबी गरेको छ। “१० मिनेट कुरा गर्नुपर्छ” भन्दै लगे पनि साँझसम्म घर नफर्किएपछि परिवारले जानकारी लिँदा प्रहरीले पठाउन नमिल्ने र सम्मानपूर्वक राखिएको जानकारी दिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय