अबुधाबी। संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावास ले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसाको म्याद सकिएर यूएईमै बस्न बाध्य (ओभरस्टे) भएका नेपाली नागरिकलाई जरिवाना नलाग्ने स्पष्ट पारेको छ।

मङ्गलबार जारी सूचनामा दूतावासले फेब्रुअरी २८ पछि भिसा अवधि समाप्त भएका नागरिकको हकमा कुनै पनि जरिवाना नलाग्ने जानकारी प्राप्त भएको जनाएको छ। विषम परिस्थितिमा नआत्तिन र संयमता अपनाउन दूतावासले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।



यसैबीच नेपालको परराष्ट्र मन्त्रालय ले यूएईमा रहेका नेपालीहरूको अवस्था यकिन गर्न तथा आवश्यक समन्वय र उद्धारका लागि नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। समस्यामा परेका नागरिकलाई उक्त पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न दूतावासले अनुरोध गरेको छ।

दूतावासका अनुसार पहिलो चरणमा दुई समूहलाई प्राथमिकतामा राखिएको छ। विभिन्न मुलुकबाट ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा यूएईका विमानस्थलमा अलपत्र परेका नेपालीहरू पहिलो प्राथमिकतामा छन्।

त्यसैगरी, यूएईको भिसा सकिएका वा कम्पनीबाट भिसा रद्द गराई नेपाल फर्कन हवाई टिकट काटिसकेका तर हालको परिस्थितिका कारण रोकिएका नागरिकलाई पनि यथाशीघ्र आफ्नो विवरण भर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय