मोरङ–६ मा प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धा अप्रत्याशित रूपमा मोडिएको छ। तीन राजनीतिक दलका उम्मेदवारहरूले प्रत्यक्ष प्रतिस्पर्धाबाट पछि हट्दै कांग्रेसका उम्मेदवार शेखर कोइराला लाई समर्थन गर्ने घोषणा गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल तथा जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोइरालाको पक्षमा उभिने निर्णय सार्वजनिक गरेका हुन्। उनीहरूले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र वर्तमान राजनीतिक सन्दर्भलाई मध्यनजर गर्दै यस्तो कदम चालिएको बताएका छन्।



तीन दलका उम्मेदवारहरूले प्रत्यक्षतर्फ कोइरालालाई मत दिन आग्रह गरेका छन् भने समानुपातिकतर्फ भने आ–आफ्नै दललाई मत दिन कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएका छन्।

यसअघि यही क्षेत्रका नेकपा एमालेका उम्मेदवार विनोद ढकालको पक्षमा उज्यालो नेपालका उम्मेदवार वसन्त बुढाथोकीले समर्थन जनाइसकेका छन्।

यस निर्णयसँगै मोरङ–६ मा सत्ता गठबन्धन र विपक्षी शक्तिबीचको प्रतिस्पर्धा थप रोचक र कडा हुने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय